इरानलाई ट्रम्पको २४ घण्टे अल्टिमेटम: स्ट्रेट अफ होर्मुज नखोले पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री स्टार्मरबिच पश्चिम एसियाको तनावबारे टेलिफोन वार्ता भयो।
- उनीहरूले होर्मुज स्ट्रेट पुनः सञ्चालन र ढुवानी सुचारु गर्ने विषयमा छलफल गरे।
- ट्रम्पले इरानलाई होर्मुज खोल्न अल्टिमेटम दिए, भने इरानले बदला लिने चेतावनी दियो।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री किएर स्टार्मरबिच टेलिफोन वार्ता भएको छ । पश्चिम एसियाको पछिल्लो तनावपूर्ण स्थितिलाई लिएरदुई नेताबिच टेलिफोन वार्ता भएको हो।
उनीहरुबिच विशेषगरी स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने र विश्वव्यापी ढुवानीलाई सुचारु गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको बीबीसीको समाचारमा उल्लेख छ ।
बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार दुवै नेता विश्व ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न होर्मुज स्ट्रेट तत्काल खोल्न आवश्यक रहेको कुरामा सहमत भएका छन्।
इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यो जलमार्ग बन्द गरेपछि विश्वभर इन्धनको आपूर्ति र मूल्यमा ठूलो असर पर्ने जोखिम बढेकै बेला यो छलफल भएको हो ।
यसैबिच अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्नका लागि दिएको ४८ घण्टाको 'डेडलाइन' मध्ये अब २४ घण्टा मात्र बाँकी छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत कडा चेतावनी दिँदै भनेका छन्, 'यदि इरानले बिना सर्त होर्मुज स्ट्रेट खोल्दैन भने अमेरिकाले इरानका सबै पावर प्लान्ट (विद्युत केन्द्र) हरूलाई पूर्ण रूपमा ध्वस्त पारिदिनेछ।"
ट्रम्पको यो धम्कीपूर्ण अल्टिमेटमपछि इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानले अमेरिकाले कुनै पनि आक्रमण गरेमा त्यसको बदला लिने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण