पश्चिम एशियामा जारी युद्धले विश्वमा ठूलो ऊर्जा संकट निम्त्याउन सक्ने चेतावनी
सारांश
- आईईएले पश्चिम एसियाको युद्धले विश्वमा ऊर्जा संकट निम्त्याउने चेतावनी दिएको छ।
- आईईएका अनुसार, यो संकट सन् १९७० को दशकको तेल संकटभन्दा पनि डरलाग्दो हुनसक्छ।
- अहिले दैनिक १ करोड १० लाख ब्यारेल तेलको नोक्सानी भइरहेको छ, जसले गर्दा विश्वका सबै देश प्रभावित हुनेछन्।
काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले पश्चिम एशियामा जारी युद्धका कारण विश्वमा ठूलो ऊर्जा संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले वर्तमान स्थिति सन् १९७० को दशकको तेल संकट भन्दा पनि भयावह हुन सक्ने बताएका हुन् ।
अस्ट्रेलियाको क्यानबेरामा आयोजित एक मिडिया कार्यक्रममा बोल्दै बिरोलले अहिलेको संकटलाई सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछिको सुरुवाती असरसँग तुलना गर्न सकिने उल्लेख गरे ।
सन् १९७० को दशकमा देखिएका दुईवटा ठूला तेल संकटका बेला विश्वभर दैनिक करिब १ करोड ब्यारेल तेल आपूर्ति रोकिएको उनले स्मरण गरे । तर, अहिलेको अवस्थामा दैनिक १ करोड १० लाख ब्यारेल तेलको नोक्सानी भइरहेको र जुन विगतको तुलनामा निकै बढी भएको उनको भनाइ छ ।
कार्यकारी निर्देशक बिरोलले यस ऊर्जा संकटको गम्भीर नतिजाबाट विश्वको कुनै पनि देश अछुतो नरहने स्पष्ट पारे। इरानले तेल र एलएनजी आपूर्तिको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज ठप्प पार्न सक्ने सम्भावनाले गर्दा यो जोखिम बढेको बीबीसीको समाचारमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण