गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी (तस्बिरहरू)
काठमाडौँ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा तस्बिर प्रदर्शनी सुरु भएको छ।
एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको सङ्घर्ष’ शीर्षक प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर प्रस्तुत गरिएका छन् ।
प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको श्रम, संघर्ष र योगदानलाई उजागर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ।
काठमाडौंमा बसेर मजदुरी गर्दै आएकी गतलाङ गाउँकी महिला न्यान्जोम तामाङले फोटो प्रदर्शनी शुभारम्भ गरेकी हुन्। प्रदर्शनी बुधबारसम्म चल्ने छ।
गतलाङ गाउँ, करिब ६ सय घरधुरी रहेको तामाङ र दलित समुदायको बसोबास क्षेत्र, कृषि, पशुपालन र पर्यटनमा आधारित जीवनशैलीका लागि परिचित छ। विशेषतः महिलाहरूले घरायसी कामदेखि पशुपालन, खेतीपाती र ऊनबाट राडीपाखी उत्पादनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
दोलखामा जन्मेका फोटो पत्रकार थोकर करिब दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् । उनले ‘नेपाल समाचारपत्र’बाट यात्रा सुरु गरी ‘नागरिक दैनिक’ लगायतका सञ्चारमाध्यममा काम गरेका छन्। हाल उनी स्वतन्त्र रूपमा कार्यरत छन् । उनको ‘लाइफ इन प्यान्डेमिक’ नामक फोटो पुस्तक प्रकाशित भइसकेको छ, जसमा कोभिड–१९ महामारीका प्रभावहरू चित्रण गरिएको छ ।
थोकरले समाजमा ओझेल परेका विषयलाई फोटोकथामार्फत् उजागर गर्ने लक्ष्य लिएका छन्। “आवाजविहीनहरूको आवाजलाई दृश्य कथामार्फत् प्रस्तुत गरिरहनेछु,” उनले बताएका छन्।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण