नाबालिकाको अन्तरङ्ग तस्बिर र भिडियो टेलिग्राममा फैलाउने युवक पक्राउ
सारांश
- प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरी नाबालिकाको चरित्र हत्या गरेको आरोपमा २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।
- पीडित नाबालिकाको गुनासोपछि साइबर ब्यूरोले अनुसन्धान गर्दा युवकले तस्बिर र भिडियोहरू फैलाएको पुष्टि भयो।
- पक्राउ परेका युवकलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धानका लागि अदालतमा पेश गरिएको छ।
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय अशोक लामालाई पक्राउ गरेको छ। काभ्रेपलान्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौं बस्ने लामालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।
नाबालिकाका अन्तरङ्ग तस्बिर र भिडियोहरू टेलिग्राममार्फत प्रसारण भइरहेको सूचनाका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो।
पीडित नाबालिकाले आफ्ना इन्स्टाग्रामका साथीहरूबाट आफ्ना निजी तस्बिरहरू सार्वजनिक भइरहेको जानकारी पाएपछि साइबर ब्यूरोमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।
ब्यूरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट ती सामग्री फैलाउन लामाको संलग्नता देखिएको हो। पक्राउ परेका लामालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
ब्यूरोले उनलाई गत चैत ८ गते काठमाडौँबाट पक्राउ गरी चैत ९ गते जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो। अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण