लुम्बिनी प्रदेशमा चैत १२ गते सार्वजनिक बिदा
सारांश
- लुम्बिनी प्रदेश सरकारले चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- यो बिदा हिन्दू धर्मावलम्बीहरूको पर्व चैते दसैँको अवसरमा दिइएको हो।
- आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै सरकारी कार्यालयमा बिदा लागू हुने जनाएको छ।
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी चैत १२ गते बिहीबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिन्दु धर्मावलम्बीहरूको पर्व चैते दसैँ (शुक्ल अष्टमी) को अवसर पारेर प्रदेश सरकारले यो बिदाको घोषणा गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुने जानकारी दिएको छ। प्रदेश राजपत्रको भाग ३ खण्ड ८ को संख्या १४ मा उल्लेखित २०८१ चैत २१ गतेको पूर्व निर्णय र सूचना बमोजिम यो बिदा दिइएको मन्त्रालयले प्रस्ट पारेको छ। कानुन अधिकृत लक्ष्मण भण्डारीद्वारा हस्तान्तरित उक्त सूचनामा चैते दसैँको धार्मिक र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै प्रदेशवासीलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सार्वजनिक बिदाको व्यवस्था गरिएको उल्लेख छ।
चैते दसैँलाई विशेष गरी शक्ति स्वरूपा देवीको पूजा आराधना गर्ने पर्वका रूपमा लिइन्छ। लुम्बिनी प्रदेशका विभिन्न शक्तिपीठ र मन्दिरहरूमा यस दिन विशेष मेला तथा पूजाआजा हुने गर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण