‘हामी तीन भाइ’ सेन्सर पास
काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’ले प्रदर्शन अनुमति पाएको छ । केन्द्रीय चलचित्र सेन्सर बोर्डले फिल्मलाई मूल्याङ्कन गर्दै युनिभर्सल सर्टिफिकेट सहित प्रदर्शन अनुमति दिएको हो । फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।
फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन् । प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् ।
कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।
विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मलाई शिव ढकालले खिचेको हुन् भने यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् ।
फिल्ममा साप शक्ति, बाबुल गिरीको संगीत, कमल राईको नृत्य र देव महर्जनको द्वन्द्ध छ । फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण