ईशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सानदार जित
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले पराजित गर्यो।
- गण्डकी प्रदेशका अर्जुन कुमालले ७४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।
- बागमती प्रदेशका ईशान पाण्डेले ७१ रन बनाए भने रिजन ढकालले ३ विकेट लिए।
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि सानदार जित हात पारेको छ । मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेश १ सय ७० रनको विशाल अन्तरले विजयी बनेको हो ।
२ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१.५ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । टोलीका लागि अर्जुन कुमालले ९० बलमा ७४ रनको योगदान दिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
टोलीका लागि सुवास भण्डारीले २९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ५ जना खेलाडी शून्य रनमा आउट भएका थिए ।
गण्डकीलाई सस्तोमा समेट्न रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र ईशान पाण्डेले २-२ विकेट हात पारे । दयानन्द मण्डल र सुवास खत्रीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९४ रन बनाएको थियो । टोलीका लागि ईशान पाण्डेले ६१ बलमा सर्वाधिक ७१ रन बनाए ।
ओपनर आशुतोष घिरैयाले ५९ रन तथा अर्का ओपनर शुभ कंशकारले ४४ रन जोडे । उत्तम मगरले ३० रन, विवेक मगरले २७ रन तथा कप्तान सन्दीप लामिछानेले २६ रन बनाए ।
गण्डकीका लागि कमल परियारले २ विकेट लिए । विपिन खत्री, अङ्कित न्यौपाने, सिर्बिन श्रेष्ठ र सुवास भण्डारीले १-१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण