तीन लाख पुरस्कार राशीको कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु
बागलुङ । चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रूपमा रहेको खुला पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसँगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो । भलिबल प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भलिबलका राष्ट्रिय रेफ्री प्रज्वल मल्ललाई भलिबल हस्तान्तरण र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले सर्भिस प्रहार गरेर उद्घाटन गरेका थिए ।
भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दी बीचमा भएको उद्घाटन खेल भिमापोखरा खेलकुद विकास समितिले जितेको छ ।
भिमपोखराले बेनीलाई ३–१ मा जितेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको भिमापोखराले तेस्रो सेट गुमाउँदा चौथो सेट आफ्नो पक्षमा पार्दै उद्घाटन खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिला भलिबलमा पनि विद्यागत रुमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल सङ्घ बागलुङले सहकार्य गरेको छ ।
पुरुष भलिबल प्रतियोगितामा १० समूहको सहभागिता रहेको छ । मेलाको अवसरमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण