‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ खुला
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'हामी तीन भाइ' को लागि हलहरूले अग्रिम टिकट बुकिङ खुलाएका छन्।
- फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
- कमेडी तथा सामाजिक कथामा आधारित फिल्म तीन दाजुभाइको सम्बन्धमा केन्द्रित छ।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को नेपालभरका हलले अग्रिम टिकट बुकिङ खुलाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा हलहरूले अग्रिम बुकिङ खुलाएका हुन् । फिल्मले कति शो पाउँछ भन्ने भोली मात्र भन्न सकिने फिल्मका निर्देशक मधुसूदन भट्टराईले बताए ।
चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल, भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । तीन दाजुभाइबिचको सम्बन्ध,उनीहरूबिचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवं अधिकारीले लेखेका हुन्। शिव ढकालको छायाङ्कन,बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण