बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

बुधबार, ११ चैत २०८२, १३ : १३
बुधबार, ११ चैत २०८२

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ।
  • बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका र अन्य विविध विषयमा छलफल भइरहेको छ।
  • सभापति गगनकुमार थापाले भदौ २४-२६ गतेसम्म १५औँ अधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । 

आजको बैठकमा मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए । 

बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ । 

यस्तै प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको  कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप