पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
बुधबार, ११ चैत २०८२, १७ : ११
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो । उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् । उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन् । तामाङ केही दिन अघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण