इजरायलद्वारा दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तारको घोषणा: लितानी नदीका पुलहरू ध्वस्त
सारांश
- इजरायली प्रधानमन्त्रीले दक्षिण लेबनानमा सुरक्षा क्षेत्र विस्तारको घोषणा गरेका छन्।
- इजरायलले हिजबुल्लाहको सम्भावित आक्रमण रोक्न बफर जोन बनाउने बताएको छ।
- इजरायलले लेबनानी नागरिकहरूलाई तत्काल घर फर्कन नदिने निर्णय गरेको छ।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तार गर्ने घोषणा गरेका छन् । ट्याङ्क प्रतिरोधी मिसाइलहरूको खतरालाई निस्तेज पार्न इजरायलले यो कदम चालेको हो ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री नेतान्याहुले सुरक्षा क्षेत्रको विस्तारले एक ‘ठुलो बफर जोन’ निर्माण गर्ने र यसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहद्वारा हुन सक्ने सम्भावित स्थल आक्रमणलाई रोक्न मद्दत गर्ने बताएका छन् ।
पछिल्ला केही दिनहरूमा इजरायली सेनाले लेबनान–इजरायल सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको लितानी नदीका विभिन्न पुलहरू विस्फोट गराएर ध्वस्त पारेका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले ती पुलहरू हिजबुल्लाहले आतंकवादी र हतियार ओसारपसारका लागि प्रयोग गर्ने गरेको दाबी गरेका छन् ।
रक्षामन्त्री काट्जले मङ्गलवार स्पष्ट पारेका छन् कि विस्थापित भएका हजारौँ लेबनानी नागरिकहरू तत्कालका लागि आफ्नो घर फर्कन पाउने छैनन् । उनले भनेका छन्, ‘इजरायलको उत्तरी क्षेत्रका बासिन्दाहरूको सुरक्षा पूर्ण रूपमा सुनिश्चित नभएसम्म विस्थापित लेबनानीहरू लितानी नदीको दक्षिणतर्फ फर्कन पाउने छैनन् ।’
इजरायलको यो पछिल्लो कदमले लेबनानसँगको तनावलाई थप चर्काउने देखिएको छ । इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्नका लागि सुरक्षा क्षेत्रलाई थप गहिराइमा लैजाने रणनीति अपनाएको विश्लेषकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण