एनएमबि बैंकद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण
सारांश
- एनएमबि बैंकले सुर्खेतको भेरीगंगा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ।
- बैंकले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन ह्वीलचेयर र क्रचेस वितरण गरेको हो।
- कार्यक्रममा बैंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो, जसमा सामाजिक विकास मन्त्रालयको सहकार्य थियो।
सुर्खेत । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्री वितरण गरेको छ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र एनएमबि बैंकको सहकार्यमा सञ्चालित "अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम" अन्तर्गत उक्त सहयोग गरिएको हो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन ह्वीलचेयर, एल्बो क्रचेस लगायतका सामग्रीहरू वितरण गरिएको थियो। यस कार्यक्रमका लागि बैंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यता तथा भेरीगंगा नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उपमेयर अन्सरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेश एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखा प्रबन्धक सुमन सुवेदी लगायतको उपस्थिति रहेको थियो।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण