१ लाख ७४ हजार मोबाइलको बिटिएस विश्लेषण : सिंहदरबार क्षेत्रमा ३ हजार ३९५ प्रदर्शनकारी
सारांश
- भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोगले मोबाइलको बिटिएस विश्लेषण गरेको छ।
- आयोगले सिंहदरबारमा आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।
- काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा एनसेल र नेपाल टेलिकम प्रयोगकर्ताको बिटिएस विश्लेषण गरिएको छ।
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले १ लाख ७४ हजार ४२० वटा मोबाइलको विटिएस विश्लेषण गरेको छ । घटनास्थलमा उपस्थित मानिसहरूले प्रयोग गरेको मोबाइल नम्बरको बिटिएस (बेस ट्रान्सिभर स्टेसन) विश्लेषण गरेर गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको हो ।
काठमाडौँ उपत्यका र उपत्यका बाहिर १५ जिल्लामा आन्दोलन भएको स्थानमा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको सीमकार्ड प्रयोगकर्ताहरूको बिटिएस विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदर्शन हुँदा सरकारी कार्यालय, राजनैतिक दलका प्रमुख तथा नेतृत्वहरूको निवास, मन्त्री निवास र क्षति भएको उद्योग तथा व्यापारिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्ति तोडफोडमा बिटिएस विवरणमा देखिएका मानिसहरू संलग्न रहेको आयोगको छानबिन निष्कर्ष छ ।
भदौ २४ मा सिंहदरबारमा आगजनी हुँदा सो क्षेत्रमा ३ हजार ३९५ जना मोबाइल प्रयोगकर्ता देखिएका छन् । सिंहदरबारमा आगजनी र तोडफोड हुँदा त्यहाँ २ हजार ६९२ जना नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता देखिएका हुन् । त्यस्तै, सिंहदरबार क्षेत्रमा ७०३ जना एनसेल प्रयोगकर्ता देखिएका छन् । उनीहरू त्यहाँ जानुको कारणबारे अनुसन्धान गरेर आगजनी र तोडफोड गरेको कसुरमा अभियोजन गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।
भदौ २४ मा काठमाडौँ उपत्यकामा आगजनी र तोडफोड हुँदा ४३ हजार २६१ जना मानिसहरू घटनास्थलमा पुगेको आयोगको विश्लेषण छ । तीमध्ये १२ हजार ५३८ जना मानिसहरू एनसेल प्रयोगकर्ता र ३० हजार ७२३ जना एनटिसी प्रयोगकर्ता सो स्थानमा पुगेको आयोगको विश्लेषण छ ।
घटनाको समयमा सो स्थानमा उपस्थित भएर उनीहरुले एनसेल र नेपाल टेलिकमको नेटवर्कबाट टेलिफोन सम्पर्क स्थापित गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सितल निवासस्थित राष्ट्रपति भवनमा ३१३ जना एनसेल प्रयोगकर्ता भेला भएको भेटिएको छ । काठमाडौँ उपत्यकामा सक्रिय १२ हजार ५३८ जना एनसेल प्रयोगकर्ता र ३० हजार ७२३ जना एनटीसी प्रयोगकर्ताको बिटिएस विवरण आयोगले प्रतिवेदनसँगै बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण