शपथ समारोहको दृश्य : रास्वपाको छुट्टै सान, खुम्चिएका कांग्रेस–एमाले मलिन
सारांश
- प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- शपथ ग्रहण समारोहमा ठूला दलका नेताहरूको अनुपस्थिति रह्यो, र रास्वपाका सांसदहरूको उत्साह देखियो।
- रास्वपाका नेताहरूले शासकीय सुधार र जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट सांसदमा निर्वाचित भएकाहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमा २७४ सांसदले शपथ लिएका हुन् । निर्वाचितमध्येका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय सांसद अर्जुननरसिंह केसीले २७४ सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए ।
शपथ ग्रहण समारोह यसअघिका निर्वाचनबाट आएको प्रतिनिधि सभा भन्दा फरक देखिन्थ्यो । परम्परागत आफूहरूलाई ठूला दलका रूपमा परिचित गराउँदै आएका अधिकांश पार्टीका मुख्य नेता शपथ ग्रहण समारोहमा थिएनन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचनमा पराजित भएकाले शपथ ग्रहण समारोहमा उपस्थित हुन् पाएनन् ।
निर्वाचनबाट अध्यक्षहरू मात्रै होइन, सिटसंख्या पनि भारी मात्रामा कटौती भएको छ ।
_huuZFj2DLm.jpg)
सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र उनीहरूसँग गएका सहयोगी नेताहरूको खुसीयाली बेग्लै थियो । प्रायःले रास्वपाका सांसदहरूलाई देश बदल्ने मौका नगुमाउन सुझाइरहेका थिए । मिडियाकर्मी र शुभचिन्तहरूको त्यस्तो सुझावपछि रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताए ।
‘सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ,’ वाग्लेले भने, ‘हाम्रो जुन वाचापत्र छ, त्यसैअनुसार काम गर्छौँ ।’
रास्वपाका सहमहामन्त्री विपिन आचार्यले जनताले दिएको जिम्मेवारीले आफूहरूलाई गम्भीर बनाएको बताए । ‘निर्वाचनमार्फत जनताले हामीहरूलाई जुन जिम्मेवारी दिनुभएको छ । त्यसले हामी गम्भीर भएका छौँ,’ आचार्यले पत्रकारहरूसँग भने, ‘उहाँहरूको भरोसालाई हामीले विश्वासमा बदल्ने प्रयास गर्छौँ ।’
अन्य पार्टीका सांसदहरूले खासै प्रतिक्रिया दिएनन् । रास्वपाको एक्लै बहुमत भएकाले केही पार्टीका नेताले सहयोग गर्ने बताउँदै थिए भने केहीले गुण र दोषका आधारमा सहयोग र प्रतिवादको रणनीति अख्तियार गरिने बताउँदै थिए ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताए । सञ्चारकर्मीहरूसँग भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु । सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतिपक्षीको सङ्ख्या कम भए पनि केही नहुने भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको बताए ।
‘विधिको शासनका लागि के भूमिका खेल्नुपर्छ हामी सोहीअनुसार गर्छौँ । सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौँ,’ शाहीले भने ।

कांग्रेस र एमालेका सांसदहरूले धेरै उत्साहपूर्ण तरिकाले प्रतिक्रिया दिएको देखिएन । फाट्टफुट्ट रूपमा प्रतिक्रिया दिए पनि उनीहरूको अनुहारमा उत्साह देखिँदैनथ्यो ।
पद तथा गोपनीयताको शपथ ग्रहण हलमा पनि ‘रो’ छुट्ट्याएको हेर्दा पनि पुराना दल खुम्चिएको स्पष्ट देखिन्थ्यो । सभा हलको आधाभन्दा ठुलो हिस्सा रास्वपा सांसदहरू देखिन्थे । कांग्रेस, एमाले र नेकपाका सांसदहरूलाई एउटै ‘रो’ मा बस्ने व्यवस्था संघीय संसद् सचिवालयले गरेको थियो । तीनै दललाई प्रतिपक्षी दल भन्दै एउटा ‘रो’ सचिवालयले उपलब्ध गराएको थियो । त्यो रोको अगाडिका सिटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ राष्ट्रिय पोसाक सँगसँगै बसेका थिए । सबैभन्दा अगाडिको लहरमा कांग्रेसका दुई सांसद बसेका थिए । निवर्तमान सहमहामन्त्रीसमेत रहेका भीष्मराज आङ्देम्बे र मोहन आचार्य अगाडिको ‘रो’ मा बसेका थिए ।

एउटा रो मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै बसेका थिए ।
रास्वपाको ‘रो’ मा सबैभन्दा पहिलो लहरमा सभापति रवि लामिछाने, त्यसपछि वरिष्ठ नेता बालेन्द्र शाह बसेका थिए । शाह शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित रहेकाले उनीसँग तस्बिर खिचाउन रास्वपाका सांसदहरू तछाडमछाड गरेका देखिन्थे । लामिछाने र शाहसँगै रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले बसेका थिए । रास्वपाले तीन रो ओगटेको देखियो । अर्को ‘रो’ को नेतृत्व महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण