सर्पदंशको प्रभावकारी उपचार
सिरहा–सिरहाको चोहर्वास्थित श्री नयाँ गोरख गणमा रहेको जयकाली सर्पदंश उपचार केन्दमा प्रभाकारी उपचार हुन थालेपछि उपचार गराउन आउनेको संख्या बढ्न थालेको छ ।
नेपाली सेनाको प्राविधिक सहयोग र जयकाली सर्पदंश उपचार केन्दका समितिको व्यवस्थापनमा संचालित उपचार केन्द्रमा सर्पदंशको प्रभवकारी उपचार हुनेगरेकाले उपचार गराउन आउनेको संख्या बढेको हो ।
विश्वसनीय उपचारका कारण जिल्ला अस्ताल र अन्य अस्पतालहरुले पनि यहाँ उपचारको लागि सर्प दंशका विरामी रेफर गर्ने गरेको उपचार केन्द्रका प्रमुख डा.विद्या कार्कीले बताइन् ।
उनले समयमै सर्प दंशका विरामी यहाँ आईपुगे प्रभावकारी उपचार प्रदानगर्दै आएको वताइन् । अति जटिल अवस्थामा आएका विरामीहरुलाई हामीसँग सघन उपचार केन्द्र (आईसीयु) को सुविधा नभएका कारण धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरेको बताउँदै समयमै आएका विरामीको आफूहरुले सफल उपचार गरेको बताइन्् । गएको वैशाख देखि साउन १५ सम्ममा १४ जना विषालु सर्पले डसेका विरामीमध्ये दुईजनालाई मात्र अन्यत्र रेफर गरेको उनले जानकारी दिइन् । बाँकी सवैको यही नै सफल उपचार भएको समेत उनले बताइन् ।
केन्द्रका तथ्याङ्क अनुसार २०७५ बैशाख देखि साउन १० गतेसम्ममा दुई सय दुई जनाको उपचार गरेको छ । जसमध्ये १४ वटा विषालु सर्प, एक सय ५१ जना अविषालु र ३७ जना विच्छिले टोकेका विरामीको उपचार भएको छ ।
त्यसैगरी २०७४ बैशाख देखि चैत सम्मा चार सय ८९ जना विरामीको उपचार भएको छ । त्यसमध्ये ३८ विषालु सर्प, तीन सय १६ अविषालु र एक सय ३५ जना विच्चिले टोलकेको विरामी थिए । त्यसैगरी, २०७३ सालको बैसाख देखि चैत्र सम्मको एक वर्षको अवधिमा नौं सय ४ जना सर्प तथा विच्चिले टोकेका विरामीको उपचार भएको छ । जसमध्ये १६ विषालु सर्प, छ सय २९ जना अविषालु र दुई सय ३५ जना विच्चिले टोकेको विरामीको सफल उपचार भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण