एनआरएनए वरिष्ठ उपध्यक्ष शेरचनलाई गण्डकी टेनिस संघको सम्मान
पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ ।
१२औँ अधिवेशन पछि पोखरा पुगेका शेरचनलाई बिहीबार पोखराको खेलकूद सहित यहाँको विकासमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास–रुट टेनिस कार्यक्रमका प्रयोजक पनि हुन् । साथै, पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा आयोजित सोही कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो ।
सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष शेरचनले गण्डकीमा टेनिस खेलको विकास यात्रासँग जोडिन पाउनु आफ्नो लागि गर्वको विषय रहेको बताए ।
आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको टिमले विगतको निरन्तरता दिंदै अझ प्रभावकारी उपस्थिति जनाउने उल्लेख गर्दै उनले भने, “राष्ट्रिय खेलकुदसँग जोडिने योजनाका साथ अघि बढेका छौँ । आगामी दिनमा टेनिस र समग्र खेलकुद विकासका लागि पुलको रूपमा भूमिका खेल्दै अघि बढ्नेछौँ ।”
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले नवनिर्वाचित शेरचनलाई सफल कार्यकालको शुभकामना दिंदै संघ दीर्घकालीन योजनासहित टेनिस विकासका कार्यमा अगाडि बढिरहेको बताए ।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष एवं खेलकुद विभाग प्रमुख मनोज गोर्खाली, गण्डकी टेनिसका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ र दोर्जे लामा, महासचिव नविन चालिसे, क्षेत्रिय खेलकुदका पूर्व उपाध्यक्ष सुनिल गुरूङ, लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस कास्कीका नेता भानु पराजुलीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण