भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह
सारांश
- राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई २२ वटा भ्रष्टाचार काण्डको छानबिन गर्न आग्रह गरेका छन्।
- शाहीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै बालेनको नेतृत्वमा भ्रष्टाचारविरुद्ध लड्ने विश्वास व्यक्त गरे।
- सांसद शाहीले आफूमाथि भएको साङ्घातिक हमलाको स्मरण गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ जारी राख्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिनका लागि आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहीले बालेन शाहको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताए । उनले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संर्घष स्मरण गर्दै अबको नेतृत्वले अपराधीहरूलाई कठघरामा उभ्याउने विश्वास व्यक्त गरे।
सांसद शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको स्मरण गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण ज्यानै जाने गरी आक्रमण भएको उल्लेख गर्दै उनले भनेका छन्, 'संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचार विरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन हुन सकेन। तर आज आशा जागेको छ।'
यी हुन् शाहीले छानबिन माग गरेका २२ काण्डहरू
१) लाउडा जहाज भ्रष्टाचार
२) वाइडबडी जहाज खरिद प्रकरण
३) सुडान घोटाला
४) लडाकु शिविर अनियमितता
५) ललिता निवास जग्गा प्रकरण
६) पतञ्जलि जग्गा प्रकरण
७) गिरीबन्धु टी–इस्टेट
८) टीकापुर जग्गा घोटाला
९) लिची बगान जग्गा प्रकरण
१०) बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
११) नक्कली भुटानी शरणार्थी प्रकरण
१२) भिजिट भिसा प्रकरण
१३) ओम्नी औषधि खरिद प्रकरण
१४) नेपाल ट्रस्टको जग्गा प्रकरण
१५) ३३ किलो सुन तस्करी
१६) ६० किलो सुन तस्करी
१७) सहकारी ठगी
१८) सेक्युरिटी प्रेस खरिद (७० करोड)
१९) टेरामक्स प्रकरण
२०) अन्तःशुल्क स्टिकर प्रकरण
२१) मेलम्ची आयोजना
२२) Ncell प्रकरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण