कालिका कप : पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा
बागलुङ । कालिका कप–२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा सिद्धार्थ चस्मा घर बागलुङ, गौंडाकोट भलिबल बागलुङ, घले हार्भेस्टिङ अस्ट्रेलिया र आदित्य होल्डिङ तित्याङ सेमीफाइनल प्रवेश गरेको छन् ।
शुक्रबार भएको क्वाटर फाइनल खेलमा धौलागिरि मोबाईल पसल बेनी म्याग्दीलाई सोझो सेटमा पराजित गर्दै सिद्धार्थ चस्मा घर बागलुङले सेमिफाइनलको यात्रा तय गर्यो ।
सिद्धार्थले २५–११, २५–१६ र २५–१९ ले खेल जित्दै सेमिफाइनल पुगेको हो । गण्डकी प्रदेश भलिबल टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी जनाईरहेका खेलाडीहरु सम्मिलित सिद्धार्थ चस्मा घरका अगाडि धौलागिरि मोबाईल पसल बेनी निरीह देखियो ।
सिद्धार्थका लागि मुख्य खेलाडी सन्जुविक्रम शाह, हिमाल सुनारी मगर अर्को खेल परेका कारण उपस्थीत नभए पनि टिमले सहज रुपमा जित हात पार्दै सेमिफाइनल पक्का गरेको हो । शनिबार हुने सेमिफाइनल खेलका लागि भने शाह र मगर पनि उपस्थीत हुने अपेक्षा गरिएको छ ।
शुक्रबार नै भएको अर्को क्वाटरफाइनल खेलमा आदित्य होल्डिङ तित्याङले रायडाँडा खेलकुद विकास समितिलाई पराजित गर्दै सेमिफाइनल पुगेको छ । आदित्य होल्डिङले ३—१ सेटमा रायडाँडालाई पाखा लगाएको हो । पहिलो सेट २५–१८ ले जितेको आदित्य होल्डिङ दोस्रो सेट २५–२२ ले गुमाउन पुग्यो । दोस्रो सेटमा रायडाँडालाई जित दिलाउनका लागि सुशिल खड्काले नायकको भूमिका खेलेका थिए ।
पहिलो सेट हार्दा पनि दोस्रो सेट जितेर पुनरागमन गर्ने संकेत गरेको रायडाँडा खेलकुद त्यसपछि भनेर लगातार दुई सेट हार्दै खेलबाट बाहिरियो । तेस्रो सेट २५—१५ र चौथो सेट २५—२० ले आदित्य होल्डिङले जित्दै सेमिफाइनल पुग्ने चौथो टिम बन्न सफल भयो ।
घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल बिहीबार नै सेमिफाईनल प्रवेश गरेका छन् । घले हार्भेस्टिङ अस्ट्रेलियाले भिमापोखरा खेलकुद विकास समिति र गौंडाकोट भलिबलले बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै सेमिफाईनल पुगेका हुन् ।
घले हार्भेस्टिङ अस्टे«लियामा अधिकांस नपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेल्ने खेलाडीहरु समावेश छन् । सेमिफाइनल पुगेको चार वटै समुहमा धेरथोर राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने खेलाडीहरु समावेश भएका कारण सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ८ समुहको सहभागिता रहेको पुरुष भलिबल प्रतियोगिताको खेल लिक कम नकआउटको आधारमा खेलाईएको थियो ।
खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।
त्यस्तै महिला भलिबलको शुक्रबार दुई खेल सम्पन्न भएका छन् । महिलातर्फको पहिलो खेलमा जैमिनी नगरपालिकालाई धौलागिरि विरेन्द्र माध्यमिक विद्यालयले पराजित गरेको छ । २५—१३ ले पहिलो सेट गुमाएको धौलागिरि विरेन्द्र माविले उत्कृष्ट पुनरागमन गर्दै खेलको नतिजा नै आफ्नो पोल्टामा पारेको हो ।
धौलागिरि विरेन्द्र माविले दोस्रो सेट २५–१८ र दोस्रो सेट २५–२० ले जित्न सफल भयो । महिला भलिबलको लिग चरणको खेल बेष्ट अफ थ्री खेलाइएको छ । महिलातर्फको दोस्रो खेलमा शान्ता मावि पोखराले बडिगाड गाउँपालिकालाई सोझो सेटमा पराजित गर्यो । शान्ता माविले पहिलो सेट २५–२० र दोस्रो सेट २५–११ ले जित्न सफल भयो ।
महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण