साह्रै नै नमिल्ने कुरा भइरहेको छ : निलाम्बर आचार्य
शनिबार, १४ चैत २०८२, ०८ : ०५
सारांश
- पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडको विरोध गरे।
- पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार प्रहरीले पक्राउ गर्यो।
- आचार्यले सामाजिक सञ्जालमा यो कार्य नमिल्दो भएको टिप्पणी गरे।
काठमाडौँ । पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन् । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेपछि आचार्यले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन।’ शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर ओली र लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण