‘एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन’
सारांश
- कांग्रेस नेता नैनसिंह महरले दोषीलाई लुकाएर गरिने कारबाहीले सुशासन नल्याउने बताए।
- उनले पूर्वप्रधानमन्त्री र गृहमन्त्री पक्राउ परेको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
- उनका अनुसार, राज्यले कानुन मिचेर अगाडि बढ्दा देशमा प्रतिशोधको भावना बढ्छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नगर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्य कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका हुन् ।
‘दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन,’ महरले फेसबुकमा लेखेका छन्, ‘जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् । राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो । चेतना भया !’
अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । ‘भाद्र २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्त्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्छ,’ नेता महरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण