एमाले सचिवालय बैठकले तय गर्यो संघर्षका कार्यक्रम (सूचीसहित)
सारांश
- नेकपा एमालेको सचिवालय बैठकले केपी शर्मा ओलीको रिहाइको माग गर्दै संघर्षका कार्यक्रम तय गरेको छ।
- बैठकले आज प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
- भोलि जिल्ला पार्टी कमिटीले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम तय गरेको हो ।
बैठकले आम जनसमुदाय र नागरिक समाजले दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने लगायतका संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नेता बस्नेतका अनुसार यी हुन् बैठकले गरेका संघर्षका कार्यक्रमका निर्णय-
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण