आईपीएल २०२६ अघि चेन्नाईलाई झट्का : धोनी दुई हप्ता मैदान बाहिर रहने सम्भावना
सारांश
- चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनी मांसपेशीमा खिचावका कारण सुरुवाती दुई हप्ता मैदान बाहिर रहने भएका छन्।
- धोनीले तीन महत्त्वपूर्ण खेल गुमाउने सम्भावना रहेको छ, जसमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेल पनि पर्छन्।
- आईपीएल २०२६ धोनीका लागि अन्तिम सिजन हुनसक्ने अड्कलबाजी भइरहेका बेला उनको चोटले समर्थकलाई चिन्तित बनाएको छ।
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सुरु हुनुअघि चेन्नाई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी घाइते भएका छन्। मांसपेशीमा आएको खिचावका कारण धोनी प्रतियोगिताका सुरुवाती दुई हप्ता मैदान बाहिर रहन सक्ने देखिएको छ।
चेन्नईले सामाजिक सञ्जालमार्फत धोनी हाल रिह्याबमा रहेको जानकारी दिएको छ। धोनी १४ दिनसम्म मैदान बाहिर रहेमा उनले कम्तीमा तीनवटा महत्त्वपूर्ण खेल गुमाउनेछन्। चेन्नाईको पहिलो खेल मार्च ३० मा राजस्थान रोयल्सविरुद्ध छ भने दोस्रो खेल अप्रिल ३ मा पञ्जाब किंग्ससँग रहेको छ।
यस्तै, अप्रिल ५ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध हुने बहुप्रतिक्षित खेलमा पनि धोनी उपलब्ध नहुने सम्भावना छ। उनी अप्रिल ११ मा दिल्ली क्यापिटल्सविरुद्धको खेलबाट मैदान फर्कन सक्ने अनुमान गरिएको छ।
४४ वर्षीय धोनी आईपीएल २०२६ का सबैभन्दा पाका खेलाडी हुन्। अघिल्लो सिजन ऋतुराज गायकवाड घाइते भएपछि उनले बिचमै कप्तानी सम्हालेर टोलीलाई ४ मध्ये ३ खेलमा जित दिलाएका थिए।
धोनीको नाममा आईपीएलमा सबैभन्दा धेरै २७८ खेल खेलेको कीर्तिमान छ। उनले ३८.३० को औसतमा ५,४३९ रन बनाउनुका साथै विकेटपछाडि ४७ स्टम्पिङ र १५४ क्याच समेत लिएका छन्।
आईपीएलमा १०० खेल जित्ने एक्लो कप्तानका रूपमा परिचित धोनीले चेन्नाईलाई पाँच पटक उपाधि दिलाइसकेका छन्। सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०२३ मा घुँडाको शल्यक्रिया गराएका थिए।
सन् २०२६ को सिजन धोनीका लागि अन्तिम आईपीएल हुन सक्ने अड्कलबाजी भइरहेका बेला यो चोटले समर्थकहरूलाई चिन्तित बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026