रुस र इरानबिच सैन्य प्रविधि सहकार्य तीव्र
मस्काे । रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन् । रिपोर्टका अनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ । अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन् ।
ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने क्षमता तथा कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन प्रणाली जस्ता विशेषता थपिएका छन्, जसले तिनीहरूलाई अझ प्रभावकारी बनाएको छ ।
अधिकारीहरूका अनुसार यस महिनामा रूस र इरानबीच ड्रोन हस्तान्तरणबारे सक्रिय छलफल भएको थियो । यद्यपि कति सङ्ख्यामा ड्रोन पठाइयो वा यो एकपटकको आपूर्ति हो कि निरन्तर हुने हो भन्ने स्पष्ट छैन ।
यसैबिच, इरानले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विभिन्न स्थानमा ड्रोन आक्रमण तीव्र बनाएको छ । उन्नत ड्रोनको प्रयोगले अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि ती आक्रमण रोक्न थप चुनौती सिर्जना गर्न सक्ने बताइएको छ ।
रूस र इरानबिच सैन्य तथा प्रविधिगत सहकार्य पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । युक्रेन युद्धपछि रूसले इरानी ड्रोन व्यापक रूपमा प्रयोग गरेको थियो भने अहिले दुवै देशबीच प्रविधि आदानप्रदान अझ गहिरिएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण