अपडेट
यस्तो छ दीपक खड्काको नाममा जारी भएको पक्राउ पुर्जी
आइतबार, १५ चैत २०८२, १० : ३३
सारांश
- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरिएको छ।
- प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जनाएको छ।
- खड्कालाई सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरी हिरासतमा राखेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् ।
उनलाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ ।
‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा (६) सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको हो ।’
सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण