स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रविलाई अर्को तारेख तोकियो
आइतबार, १५ चैत २०८२, १३ : ०२
सारांश
- काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ।
- स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले बैशाख १४ गतेका लागि तारेख बुझेका छन्।
- ६९० बचतकर्ताले दिएको किटानी जाहेरीका आधारमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को तारेख बैशाख १४ गतेका लागि तोकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए ।लामिछानेविरुद्ध ०८१ पुस २१ मा सङ्गठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण