अध्यक्ष ओली पक्राउको विरोधमा सुदूरपश्चिममा एमालेको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
सारांश
- केपी शर्मा ओली पक्राउको विरोधमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नेकपा एमाले कार्यकर्ताले प्रदर्शन गरे।
- कैलाली र कञ्चनपुरमा एमाले कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भयो, ओलीको रिहाइको माग गर्दै नाराबाजी गरे।
- एमालेले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै ओलीलाई बिना शर्त रिहा गर्न माग गर्दै ज्ञापनपत्र बुझायो।
धनगढी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार पनि प्रदर्शन भएको छ । पार्टीको पूर्वनिर्धारित कार्यक्रमअनुसार कैलाली र कञ्चनपुरसहितका जिल्लाहरूमा एमाले कार्यकर्ताहरूले चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै एमाले कार्यकर्ताहरूले आज जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनकारी र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै राजनीतिक प्रतिशोधका आधारमा अध्यक्षलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
पार्टीको पूर्वनिर्धारित कार्यक्रमअनुसार सुदूरपश्चिमका सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।
ज्ञापनपत्रमा अध्यक्ष ओलीलाई बिना सर्त रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिइएको छ ।
अहिले सुदूरपश्चिमका मुख्य सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने एमाले कार्यकर्ताहरूको विरोध प्रदर्शन जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण