झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद ओलीको माग
सारांश
- झापाका किसानहरूले प्राकृतिक विपद्का कारण ठूलो आर्थिक क्षति बेहोरेका छन्, विशेष गरी मकै र केरा खेतीमा नोक्सानी भएको छ।
- किसानहरूले झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।
- बीमा कम्पनीहरूले बाली बीमा गर्न अस्वीकार गर्ने समस्या देखिएको छ, जसले गर्दा किसानहरू थप समस्यामा परेका छन्।
झापा । झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा ठूलो नोक्सानी पुर्याएको छ।
बारम्बार आउने यस्ता विपद्ले किसानहरूको उत्पादन, आम्दानी र लगानीमा प्रत्यक्ष असर पारेको छ। यस वर्ष पनि यस्तो संकट चौथो पटक आएको राप्रपा नेतृ तथा सांसद खुश्बु ओलीले बताइन्।
स्थानीय कृषकका अनुसार केरा खेतीमा मात्र यस वर्ष करोडौं रुपैयाँ बराबरको क्षति भइसकेको छ। यससँगै धान, मकैलगायत अन्य बालीमा पनि प्राकृतिक प्रकोपका कारण ठूलो नोक्सानी भएको छ। निरन्तरको क्षतिले किसानहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन् भने कृषि पेशा नै जोखिममा परेको अवस्था छ।
यस गम्भीर अवस्थालाई ध्यानमा राख्दै झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न आफूले माग गरेको उनले बताइन् । किसानहरूको संरक्षण, पुनःस्थापना तथा कृषि उत्पादनलाई दिगो बनाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।
ओलीले किसानहरुको तर्फबाट नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, प्रदेश सरकार तथा झापा गाउँपालिका समक्ष विभिन्न माग प्रस्तुत गरेकी छन्। उनले झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्नुका साथै केरा र मकै खेतीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न समत माग गरेकी छन्।
त्यसैगरी, कृषि ज्ञान केन्द्र झापालगायत सम्बन्धित निकायहरूले यसअघि संकलन गरेको क्षतिको विवरणलाई तत्काल सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।
यसका अतिरिक्त, हावाहुरी र असिनाबाट हुने क्षति न्यूनीकरणका लागि विशेष कृषि बीमा तथा संरक्षण कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण