सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

आइतबार, १५ चैत २०८२, १६ : १८
आइतबार, १५ चैत २०८२

सारांश

  • प्रहरीले न्युजिल्याण्ड पठाउने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ललितपुरका रिजेन नगरकोटी रहेका छन्, जसले दुई जनाबाट १६ लाख ३० हजार ठगेका थिए।
  • प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि आरोपीलाई वैदेशिक रोजगार विभागमा पठाएको छ।

काठमाडौँ । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१९ घर भएका ३८ वर्षीय रिजेन नगरकोटी छन् । चैत १३ मा उनलाई ललितपुरको चापागाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । 

आकर्षक तलब पाउने गरी दुई जना पीडितलाई न्युजिल्याण्ड पठाउँछु भनेर उनले १६ लाख ३० हजार रकम लिएर सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप