शहीद रजकको प्रथम स्मृति दिवसमा दीप प्रज्वलन
सारांश
- शहीद सुरेश रजकको प्रथम स्मृति दिवसमा वसन्तपुरमा दीप प्रज्वलन गरियो।
- पत्रकार रजकले सामाजिक विकासमा पुर्याएको योगदानको स्मरण गरियो।
- रजकको मृत्यु सत्य तथ्य सूचना प्रवाह गर्ने क्रममा भएको दाजुले बताए।
काठमाडौँ । शहीद सुरेश रजकको प्रथम स्मृति दिवसमा आइतबार साँझ वसन्तपुरमा दीप प्रज्वलन गरिएको छ ।
गत चैत १५ मा तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार रजकको योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो । नागरिक समाज, परिवार तथा शुभेच्छुकको उपस्थितिमा भएको स्मृति सभामा रजकले सञ्चार क्षेत्रको माध्यमबाट सामाजिक विकासमा निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो ।
शहीद रजकका दाजु दिनेश रजकले समाजमा सत्य, तथ्य सूचना प्रवाह गर्ने क्रममा भाइले मृत्युवरण गर्नुपरेको बताउँदै विभिन्न आन्दोलनमा पत्रकार सुरक्षाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । एभिन्यूज टेलिभिजनमा ‘क्यामरापर्सन’का रूपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको थियो । आगलागी भएको भवनमा भिडियो खिच्ने क्रममा उद्धार हुन नसक्दा जलेर मृत्यु भएका रजकलाई सरकारले शहीद घोषणा गरेको थियो ।
सोही प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण