१३ वर्षीया बालिकामाथि निर्घात कुटपिट, भिडियो भाइरल भएपछि तीन जना पक्राउ
सारांश
- सुनसरीको बराहक्षेत्रमा एक बालिकालाई कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।
- सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूलाई बालबालिका विरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
सुनसरी । सुनसरीको बराहक्षेत्रमा एक १३ वर्षीया बालिकालाई जङ्गलमा लगेर निर्घात कुटपिट गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बाइस बिघे जङ्गलमा बालिकामाथि कुटपिट गरी सोको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दोषीहरूको खोजी तीव्र पारेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले घटनामा संलग्न सुदिन राई, निशान राई र अर्का एक १७ वर्षीय नाबालकलाई पक्राउ गरेको हो।
पक्राउ परेका २१ वर्षीय सुदिन, २० वर्षीय निशान र अर्का नाबालकलाई प्रहरीले चैत १३ देखि १५ गतेको बिचमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध बालबालिका विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाउन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार भिडियोका आधारमा थप प्रमाण सङ्कलन गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण