अपडेट : सञ्चालनमा आयो तातोपानी नाका
सोमबार, १६ चैत २०८२, १४ : १२
काठमाडौँ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको कोदारी सडक खण्ड मर्मतपछि तातोपानी नाका सञ्चालनमा आएको छ ।
सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार मर्मतपछि सो सडकमा साना र ठूला दुवै प्रकारका सवारी साधन चल्न थालेका छन् ।
हिजो राति ८ बजेदेखि नै साना सवारी साधनका लागि बाटो खुला गरिएको थियो। ठूला सवारी साधनका लागि भने थप मर्मत गर्नुपर्ने भएकाले आज दिउँसो १२ बजेपछि मात्रै बाटो पूर्ण रूपमा खुलेको भण्डारीले बताए ।
‘हामीले हिजो बेलुका साना गाडीहरू पास गरायौँ। ठूला गाडीका लागि आज बिहान थप मर्मत गरेर दिउँसो १२ बजेतिर बाटो सुचारु गरेका छौँ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण