अनमोलको जन्मदिनमा फिल्म ‘बाटुलो जून’ को प्रदर्शन घोषणा
सारांश
- फिल्म 'बाटुलो जून' नयाँ वर्ष २०८३ को दसैँ फूलपातीको छेकोमा रिलिज हुने भएको छ।
- अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुक सार्वजनिक भएको छ।
- ग्रामीण परिवेशको प्रेमकथामा आधारित फिल्म जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्।
काठमाडौँ । फिल्म ‘बाटुलो जून’ नयाँ वर्ष (२०८३) दसैँको फूलपातीको छेको पारेर असोज ३० गते रिलिज हुने भएको छ । निर्माण युनिटले सोमबार अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ । फिल्मको फष्टलुक समेत सार्वजनिक भएको छ । जसमा अनमोल र प्रिन्सी फिचरिङ छ । पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालीन परिवेशको प्रकाशको प्रतिबिम्ब राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजु सहितको खुट्टा समाएका छन् ।
ग्रामीण परिवेशको प्रेमकथा जोडिएको फिल्म जिया केसी र भविष्य खड्काले निर्माण गरेको हो । अभिनेता भुवन केसीले निर्देशन गरेको फिल्ममा भुवन केसी, अनमोल केसी, प्रिन्सी खतिवडा, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ ।
फिल्म काठमाडौँ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायाङ्कन गरिएको छ । तेजविक्रम केसी फिल्मका कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण