भन्सार विभाग पुगेका अर्थमन्त्रीले भने – इमानदार भएर लक्ष्य प्राप्तिमा लाग्नुहोस्
सोमबार, १६ चैत २०८२, १९ : २३
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भन्सार विभाग पुगेर अनुगमन तथा ब्रिफिङ लिएका छन् ।
उक्त क्रममा उनले विभागका कर्मचारीहरुलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । राजस्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि उनले बताए ।
राजस्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताए । उक्त क्रममा उनले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण