१० बजे १० समाचार : संघीय संसदको अधिवेशन आह्वान, ओली र लेखकको रिटमा कारण देखाउ आदेश जारी
सारांश
- राष्ट्रपतिले संघीय संसदको अधिवेशन चैत १९ गतेका लागि आह्वान गरेका छन्।
- अर्थ मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ भने महेश बस्नेतलाई पक्राउ गर्न अदालतले अनुमति दिएन।
- कांग्रेसका सांसदहरूलाई खड्का-कोइराला समूहको चियापान र प्रधानमन्त्रीको कोशी र कर्णालीका सांसदहरूसँग छलफल भयो।
आज २०८२ चैत १६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा संघीय संसदको अधिवेशन आह्वान, ओली र लेखकको रिटमा कारण देखाउ आदेश जारी, अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा, महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति, कांग्रेसका सांसदहरूलाई खड्का–कोइराला समूहको चियापान, कोशी र कर्णालीका सांसदसँग प्रधानमन्त्रीको छलफल लगायत छन् ।
१. संघीय संसदको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेका हुन् ।
२. ओली र लेखकको रिटमा कारण देखाउ आदेश जारी
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्षबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
३. अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एक साथ ३० उपसचिवलाई सरुवा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्णय अनुसार उनीहरूलाई सरुवा गरिएको हो ।
४. महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै पेस भएको मिसिल काठमाडौँ जिल्ला अदालतले फिर्ता पठाएको छ । बस्नेतलाई पक्राउ गर्न माग गर्दै काठमाडौँ प्रहरी परिसरले मिसिल पेस गरेकोमा अदालतले पक्राउको अनुमति नदिएको हो ।
५. कांग्रेसका सांसदहरूलाई खड्का–कोइराला समूहको चियापान
नेपाली कांग्रेसका संघीय सांसदहरूका लागि पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षले सोमबार चियापान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रतिनिधि सभाका ११ र राष्ट्रिय सभाका सबै कांग्रेस सांसद सहभागी भएको बताइएको छ ।
६. कोशी र कर्णालीका सांसदसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले कोशी र कर्णाली प्रदेशका जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग सोमबार छलफल गरेका छन् ।
७. संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन
सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
८. एमाले प्रदेश सभा सदस्य शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
९. सम्पत्ति छानबिनको राडारमा को–को ?
सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिने उल्लेख छ । पहिलो चरणमा ०६२/०६३ यताको अवधिमा सार्वजनिक पद धारण गरेकाहरू छानबिनको दायरामा आउने छन् ।
१०. इनिसा विकको मृत्यु प्रकरणका आरोपितको बयानमा के छ ?
बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीय इनिसा विकको मृत्यु प्रकरणका मुख्य अभियुक्त भनिएका १५ वर्षीय किशोरले सहमतिमै यौन सम्बन्ध राख्दा रक्तस्रावका कारण इनिशा बेहोस भएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण