बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

खड्का–कोइराला समूहको चियापानमा प्रतिनिधि सभाका ११ र राष्ट्रिय सभाका सबै सांसद

सोमबार, १६ चैत २०८२, १७ : १७
सोमबार, १६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहले सांसदहरूको स्वागतमा कार्यक्रम गरे।
  • कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिइयो।
  • कार्यक्रममा विभिन्न नेताहरूको उपस्थिति रहेको थियो र केही सांसदहरू अनुपस्थित रहे।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूको स्वागतार्थ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो ।

महाराजगञ्जको होटल स्मार्टमा राखिएको कार्यक्रममा गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित ३८ सांसदमध्ये ११ जना सहभागी भए ।

त्यहाँ प्रतिनिधि सभाका सदस्यहरू सीता थपलिया (उर्मिला), रीना केसी (उप्रेती), टेकबहादुर गुरुङ, गंगालक्ष्मी अवाले, रुक्मिणी कोइराला, गीता सेङदेन  सुशीला ढकाल आचार्य, हरिनादेवी कामी, विष्णुबहादुर खड्का, जयपति रोकाय, निनु कर्ण सहभागी थिए । छोटो समयमा बोलाइएकाले केही सांसदहरू व्यक्तिगत कामका लागि उपत्यका बाहिर रहेकाले आउन नसकेको नेताहरूले बताएका छन् ।

आफ्नो समूहमा रहेका योगेश शेरचन, सन्दीप रानालगायत उपत्यका बाहिर रहेकाले आउन नसकेको नेताहरू बताउँछन् । कार्यक्रममा खड्का र डा. कोइरालाले शुभकामना दिँदै संख्या थोरै भए पनि प्रभावकारी भूमिका निभाउन आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रतिनिधिसभाका १३ जना बढी र राष्ट्रिय सभाका नवनिर्वाचित सबै सांसद सहभागी भएको जानकारी दिइन् ।

चियापान कार्यक्रममा नेताहरू डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, डा.मीनेन्द्र रिजाल, बलबहादुर केसी, जीवन परियार, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय ‘डिना’ लगायतका नेताहरू सहभागी भएका थिए ।

कार्यक्रममा गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका तर्फबाट निर्वाचित सबै ९ सांसद सहभागी थिए । राष्ट्रिय सभा निर्वाचनबाट रञ्जित कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमलसिना, गीता देवकोटा, सुनिल थापा, बासुदेव जंगली, ध्रमेन्द्र पासवान सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप