बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो

सोमबार, १६ चैत २०८२, १६ : ४२
सोमबार, १६ चैत २०८२

सारांश

  • लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई बालिकामाथि श्रम शोषणको आरोपमा म्याद थपका लागि अदालत लगियो।
  • शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो।
  • काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो।

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

शर्माविरुद्ध यसअघि २०८१  माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप