बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्णबहादुर खड्काले पार्टीका सांसदहरूलाई भने– संविधान संशोधनको पक्षमा उभिनुहोला

सोमबार, १६ चैत २०८२, १६ : ३४
सोमबार, १६ चैत २०८२

सारांश

  • पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन आग्रह गरे।
  • खड्काले संविधानका मूलभूत विषयमा सम्झौता नगर्न र संसदमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
  • उनले नेपाली कांग्रेसका सांसदहरूलाई जनताको अधिकारको लागि प्रखर रूपमा प्रस्तुत हुन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नवनिर्वाचित सांसदहरूलाई संविधान संशोधनका पक्षमा उभिन आग्रह गरेका छन् । सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित पार्टीका नवनिर्वाचित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा खड्काले संविधानका मूलभूत विषयमा सम्झौता नगर्न पनि आग्रह गरे । 

‘संविधानका मूलभूत विषयमा सम्झौता नगरीकन संविधान संशोधनको बहसमा जुट्नुहोस्,’ खड्काले भने, ‘संसदभित्र तपाईँ बाहिर हामी सँगसँगै रहनेछौँ ।’ 

उनले निर्वाचनबाट प्रतिनिधि सभामा पार्टीको सङ्ख्या कमजोर भए पनि भूमिका प्रभावकारी र अनुकरणीय  बनाउन आग्रह गरे । 

‘नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘सङ्ख्याको हिसाबले हामी कम भए पनि नेपाली लोकतान्त्रिक इतिहासको सिङ्गो धरोहर बोकेर तपाईँहरू संसदमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’

कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा वर्षौँको सङ्घर्षबाट निर्माण गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा प्रखर रूपमा प्रस्तुत हुन उनले सांसदहरूलाई आग्रह गरे । 

संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने खड्काको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप