शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि, तस्बिरहरू

कांग्रेसबाट निर्वाचित सांसदलाई पूर्णबहादुर र शेखर पक्षको बधाई कार्यक्रम
सोमबार, १६ चैत २०८२, १४ : ००
सोमबार, १६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका निर्वाचित सांसदलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले बधाई दिएको छ।
  • समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ, जसमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा दायर रिटबारे छलफल हुनेछ।
  • देउवा-शेखर समूहले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वविरुद्ध सर्वोच्चमा रिट दायर गरेर समानान्तर गतिविधि सुरु गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले सोमबार बधाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी रहेको छ । 

Congress Purna bahadur_NPL (13)

समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । 

Congress Purna bahadur_NPL (2)

निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् । 

Congress Purna bahadur_NPL (1)

बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुनेछ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ । 

Congress Purna bahadur_NPL (3)

गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए । 

Congress Purna bahadur_NPL (4)Congress Purna bahadur_NPL (5)Congress Purna bahadur_NPL (6)Congress Purna bahadur_NPL (7)Congress Purna bahadur_NPL (8)Congress Purna bahadur_NPL (9)Congress Purna bahadur_NPL (10)Congress Purna bahadur_NPL (11)Congress Purna bahadur_NPL (12)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप