मुख्यमन्त्रीको आलोचना गर्दा नसिम शाहलाई पाकिस्तान क्रिकेट इतिहासकै ठुलो जरिवाना
सारांश
- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बलर नसिम शाहलाई मुख्यमन्त्रीको आलोचना गरेको ट्वीटको कारण ठूलो जरिवाना गरेको छ।
- नसिमले ट्वीटमा आपत्ति जनाएपछि पीसीबीले उनलाई ७२ हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको हो।
- नसिमले आफ्नो सोसियल मिडिया म्यानेजरलाई बर्खास्त गर्दै माफी मागेका छन्, तर जरिवानाबाट उन्मुक्ति पाएनन्।
इस्लामाबाद । पाकिस्तानी तीव्र गतिका बलर नसिम शाहमाथि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कठोर कारबाही गर्दै क्रिकेट इतिहासकै सबैभन्दा ठुलो जरिवाना तिराएको छ। पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको आलोचना गर्दै गरिएको एउटा विवादास्पद ट्वीटको विषयमा पीसीबीले नसिमलाई करिब ७२ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको हो।
पीसीबीले नसिमलाई कारण देखाउ नोटिस पठाएको दुई दिनपछि यो भारी रकमको जरिवाना सुनाएको हो। नसिमले आफ्नो केन्द्रीय सम्झौताका विभिन्न सर्तहरू उल्लंघन गरेको भन्दै बोर्डले व्यावसायिक अनुशासन र मर्यादा कायम राख्न यो कदम चालिएको स्पष्ट पारेको छ।
घटनाको सुरुवात पाकिस्तान सुपर लिग (पीएसएल) को उद्घाटन खेलको समयमा भएको थियो। पश्चिम एसियाको संकट र इन्धन अभावका कारण पीसीबी अध्यक्ष मोहसिन नक्वीले यसपटकको पीएसएल दर्शकबिना खेलाउने घोषणा गरेका थिए। तर गद्दाफी स्टेडियममा भएको पहिलो खेलमा पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा वर्तमान प्रधानमन्त्री शहबाज सरिफकी भतिजी मरियम नवाजलाई विशेष अतिथिका रूपमा भव्य स्वागत गरिएको थियो।
पीसीबीको आधिकारिक मिडिया अकाउन्टबाट पोस्ट गरिएको सोही भिडियोलाई नसिमको अकाउन्टबाट कोट ट्वीट गर्दै ‘उनलाई किन लर्ड्सको रानीलाई जस्तो व्यवहार गरिएको?’ भन्दै प्रश्न गरिएको थियो। यद्यपि उक्त ट्वीट केही मिनेटमै हटाएर नसिमले आफ्नो अकाउन्ट ह्याक भएको स्पष्टीकरण दिएका थिए।
अनुशासन समितिको सुनुवाइका क्रममा नसिमले बिना सर्त माफी माग्दै आफ्नो सोसियल मिडिया म्यानेजरलाई बर्खास्त गरेका छन्। पीसीबीले ती म्यानेजरलाई ब्ल्याकलिस्टमा राखे पनि नसिमलाई भने ठुलो जरिवानाबाट उन्मुक्ति दिएन।
यो जरिवाना रकम नसिमले ‘सी’ श्रेणीको केन्द्रीय सम्झौताबाट पाउने करिब ८ महिनाको तलब बराबर हो। यसअघि गत वर्ष इमरान खानको समर्थनमा आफ्नो टोपीमा कैदी नम्बर ‘८०४’ लेख्ने अलराउन्डर आमिर जमाललाई जरिवाना गरिएको थियो। नसिमलाई गरिएको यो सजाय जमालको तुलनामा १६ गुणा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण