गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
काठमाडौँ । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ ।
सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।
गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर्न अनुरोध गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ बमोजिम जुवा खेल्न र खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्थाको समेत बोर्डले स्मरण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण