शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निजी क्षेत्रको समस्या समाधानका लागि व्यवसायीबिच एकता हुनुपर्नेमा मल्लको जोड

मङ्गलबार, १७ चैत २०८२, १० : १४
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • राजेन्द्र मल्लले आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायी एकता आवश्यक रहेको बताए।
  • उनले महासंघको निर्वाचनमा सबै उम्मेदवार सक्षम रहेको र निर्वाचनपछि हातेमालो गर्नुपर्नेमा जोड दिए।
  • निजी क्षेत्रको वर्तमान कठिन परिस्थितिलाई सामना गर्न व्यवसायीहरू एकजुट हुनुपर्ने उनको भनाइ छ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबिचको एकता अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभाअन्तर्गत वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 

महासङ्घको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे। निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

निजी क्षेत्रका विभिन्न सङ्घ–संस्थाहरूबिचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने उनको विश्वास छ। आजको मुख्य आवश्यकता उद्यमी व्यवसायीको एकता भएको बताउँदै उनले चुनाव सकिएपछि पनि विगतमा जस्तै सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।

नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने मल्लको भनाइ छ। व्यवसायीहरूका साझा समस्या समाधानका लागि सामूहिक प्रयासको विकल्प नरहेको उनले स्पष्ट पारे। 

चुनावमा जो विजयी भए पनि समग्र उद्योगी र व्यवसायीको हितमा काम गर्नुपर्ने र त्यसका लागि सबैको साथ र समर्थन आवश्यक पर्ने उनले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप