उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता
सारांश
- उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
- कानूनका विद्यार्थी विवेक चौधरीले न्यायाधीशद्वयविरुद्ध मुद्दा दायर गरेका हुन्, जसमा अदालतको अवहेलनाको आरोप लगाइएको छ।
- निवेदनमा उच्च अदालतले सर्वोच्च अदालतका सिद्धान्तहरूलाई बेवास्ता गरेको आरोप लगाइएको छ, जसले गर्दा अवहेलना मुद्दा दायर भएको हो।
काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अबहेलना निवेदन दर्ता भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनको पेसी चैत १८ गतेका लागि तोकिएको छ ।
निवेदनमा उच्च अदालतले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ । चौधरीले आफ्नो रिट निवेदनमा सर्वोच्च अदालतका विभिन्न निर्णयबाट स्थापित कानुनी सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख गरेको भए पनि ती सिद्धान्तलाई बेवास्ता गरी फैसला गरिएको दाबी गरेका छन् ।
निवेदन अनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानूनी आधारविना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको थियो ।
सर्वोच्च अदालतले विभिन्न मुद्दामा “कानूनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले अधिकार प्रयोग गर्न नपाउने”, “राज्यका प्रत्येक निकायले कानूनको अधीनमा रही काम गर्नुपर्ने” लगायतका सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै ती सिद्धान्तको जानाजानी अवज्ञा गरिएको आरोप लगाएका छन् ।
नेपालको संविधानको धारा १२८ (४) ले सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । यस्तो अवस्थामा तल्लो अदालतबाट उक्त सिद्धान्तको बेवास्ता गरिनु केवल न्यायिक त्रुटि मात्र नभई अदालतको अवहेलना हुने दाबी निवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण