सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल गठन हुनु स्वागतयोग्य : अध्यक्ष ढकाल
सारांश
- चन्द्रप्रसाद ढकालले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक कदम भएको बताए।
- उनले ऐन संशोधन भए निर्माण क्षेत्रका नीतिगत समस्या समाधान हुने विश्वास व्यक्त गरे।
- ढकालले ठेक्का प्रक्रियामा बैंक ग्यारेन्टीको समस्या र सुधारको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक कदम भएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लामो समयदेखि अव्यवहारिक रहेको ऐन परिवर्तन गर्न निजी क्षेत्रले उठाउँदै आएको माग सम्बोधन हुन लागेकोमा खुसी व्यक्त गरेका हुन् ।
दुई तिहाइको वर्तमान सरकारले एक साता नबित्दै संशोधनको प्रक्रिया अघि बढाउनु निर्माण क्षेत्रका लागि उत्साहजनक भएको उनको भनाइ छ। अध्यक्ष ढकालले ऐन संशोधन भएमा निर्माण क्षेत्रमा व्याप्त धेरै नीतिगत समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।
उनले अब गठित कार्यदलसमक्ष निर्माण व्यवसायीहरूले आफ्ना वास्तविक र स्पष्ट समस्याहरू राख्नुपर्नेमा जोड दिए। सरकारले उद्योग वाणिज्य महासंघको सुझावअनुसार नै कार्यदल बनाएर काम अघि बढाएकाले यसपटक निर्माण क्षेत्रका जटिलताहरू हट्ने अपेक्षा उनले गरे।
सम्बोधनका क्रममा ढकालले निर्माण व्यवसायीहरूले भोग्दै आएको व्यावहारिक कठिनाइको पनि चर्चा गरे। विशेषगरी ठेक्का प्रक्रियामा बैंक ग्यारेन्टीको व्यवस्था भए पनि कतिपय अवस्थामा व्यवसायीको गल्ती बिना नै काम रोकिने गरेको उनले उल्लेख गरे।
अन्य प्राविधिक वा सरकारी कारणले काम अघि बढ्न नसक्दा पनि निर्माण व्यवसायीलाई नै दोष दिएर ठेक्का तोड्ने प्रवृत्ति देखिएको भन्दै उनले नयाँ ऐनमार्फत यस्तो परिपाटी सुधार हुनुपर्ने बताए। अहिलेको सरकारले निर्माण क्षेत्रका समस्या तुरुन्त समाधान गर्न खोजेको आफूले बुझेको भन्दै उनले व्यवसायीहरूलाई ढुक्क भएर आफ्ना एजेन्डा राख्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण