आयल निगमले बढायो हवाई इन्धनको मूल्य
सारांश
- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
- आन्तरिकतर्फ हवाई इन्धन प्रति लिटर रु.१२४ ले बढेको छ।
- नयाँ खुद्रा बिक्री मूल्य प्रति लिटर २५१ रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको कारण देखाउँदै निगमले बुधबार चैत १८ गते बिहान १२ बजेदेखि लागू हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फको हवाई इन्धनको मूल्य समायोजन गरेको हो ।
निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर रु.१२४ ले बढेको छ । यससँगै अब हवाई इन्धनको नयाँ खुद्रा बिक्री मूल्य प्रति लिटर २५१ रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य प्रति लिटर १ सय २७ रुपैयाँ थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँको लागि हवाई इन्धनको मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार काठमाडौँका लागि प्रति किलोलिटर १७८५ अमेरिकी डलर, पोखराका लागि १७३२ अमेरिकी डलर र भैरहवाका लागि १७१६ अमेरिकी डलर तोकिएको छ ।
निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मंगलबार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य सूची अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यास सबैको मूल्य बढेर आएको थियो । यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण