अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि मेरो उम्मेदवारी: सागर ढकाल
सारांश
- सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरे।
- उनले देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीतिका लागि वस्तुगत सदस्य पदमा उम्मेदवारी दिएको बताए।
- ढकालले पुँजी बजारलाई सशक्त बनाउन र अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघ भित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफूले बस्तुगततर्फको सदस्य पदमा उम्मेदवारी दिएको बताए । ‘अहिले विभिन्न बस्तुगत सदस्यहरूको थुप्रै कानुनी तथा व्यवहारिक समस्या रहेको छ,’ उम्मेदवारी घोषणासँगै उनले भने, ‘महासंघ भित्र रहेर बस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’
नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रूपमा पुँजी बजारलाई सशक्त रूपमा अघि बढाउन आफूले पहलकदमी लिने समेत उनले जानकारी दिए । ‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजार मात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’ करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजी बजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् ।
यसैगरी उनले धितो पत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने उनको भनाई छ । यस्तै नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितो पत्र बोर्ड सँग विशेष समन्वय गरिएको समेत उनको भनाई छ । साथै कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरूबिच पुलको रूपमा आफूले नेतृत्वकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।
साना तथा मझौला व्यवसायहरूलाई पुँजी जुटाउन सहज मार्ग प्रशस्त गर्न एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने समेत उनले जानकारी दिए ।
साथै अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पुँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई दबाब दिइने समेत उनको उद्घोष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण