गृहमन्त्रीद्वारा एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट
बुधबार, १८ चैत २०८२, ०० : १२
१
सारांश
- गृहमन्त्रीले एमाले कार्यकर्ताबाट दुव्र्यवहारमा परेका वृद्धलाई भेटे।
- एमाले कार्यकर्ताको व्यवहारको भिडियो भाइरल भएपछि भेटघाट भएको हो।
- ललितपुर प्रहरीले दुव्र्यवहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट गरेका छन् ।
केही दिन अगाडि एमालेका कार्यकर्ताले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई मंगलबार साँझ गृहमन्त्री गुरुङले उनकै निवासमा गएर भेट गरेका हुन् ।
गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै ज्येष्ठ नागरिकले धन्यवाद दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण