देउवा–कोइराला समूहको बैठक आज पनि बस्दै
बुधबार, १८ चैत २०८२, १० : ३८
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज फेरि बस्ने भएको छ।
- हिजो नेताहरूले धारणा राख्न नसकेपछि बैठक आजका लागि सारिएको हो।
- बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति र निर्वाचनको समीक्षाबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।
मंगलबार नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने भएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् । बैठक दिउसो १ बजे सुरु हुनेछ ।
मंगलबारको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए । आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति निर्वाचनको समीक्षालगायतमा छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण