ललितपुर जिल्ला अदालतमा खाजा समयमा पनि सेवाग्राहीको काम नरोकिने
सारांश
- ललितपुर जिल्ला अदालतले अब खाजा समयमा पनि नियमित सेवा दिने भएको छ।
- चैत १७ गतेदेखि लागू हुने गरी अदालतले सेवा प्रवाहलाई निरन्तरता दिने भएको हो।
- यस निर्णयबाट सेवाग्राहीलाई राहत पुग्ने र समयको बचत हुने अपेक्षा गरिएको छ।
ललितपुर । ललितपुर जिल्ला अदालतले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अबदेखि खाजा समयमा पनि नियमित सेवा प्रवाह गर्ने भएको छ।
अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै चैत १७ गतेदेखि लागू हुने गरी खाजा खाने समयमा पनि अदालतको कामकारबाही नरोकिने व्यवस्था मिलाएको जनाएको हो।
यसअघि अदालतमा कार्यरत कर्मचारीहरूको खाजा समयका कारण दिउँसोको समयमा सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। साविकको व्यवस्था अनुसार प्रत्येक आइतबारदेखि बिहीबारसम्म दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबारको दिन दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म खाजा समय तोकिएको थियो। उक्त समयमा अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू रोकिने गरेका थिए, जसका कारण सेवाग्राहीहरू कामको लागि कुर्नुपर्ने अवस्था थियो।
तर, अब नयाँ व्यवस्था लागू भएसँगै सेवाग्राहीले खाजा समय सकिने पर्खाइमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। अदालतले सूचनामार्फत खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारेको छ।
यस कदमबाट अदालतमा विभिन्न सेवा लिन पुग्ने सर्वसाधारणलाई ठूलो राहत पुग्ने, अनावश्यक झन्झट हट्ने र समयको समेत बचत हुने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण