प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा जारी
सारांश
- संघीय संसद सचिवालयको आह्वानमा दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ।
- भोलि दिउँसो २ बजे संघीय संसदको अधिवेशन आह्वान भएपछि बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
- प्रतिनिधि सभा निर्वाचनमा ६ दल र एक स्वतन्त्र उम्मेदवारले प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसिरहेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सङ्घीय संसद् सचिवालयको आह्वानमा बैठक बसिरहेको हो ।
प्रतिनिधि सभा निर्वाचनबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले निर्वाचन जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण